एन आई सी एशिया लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

5.2K
shares
national life insurances

 

 

काठमाडौं।एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा मिति २०८१ चैत्र ०८ गते (तदनुसार २१मार्च, २०२५) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।

 

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण ( २०८१ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

 

यसका साथै, सभाले विशेष प्रस्तावमा पेश भएको प्रचलित ऐन तथा कानून बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार तत्कालिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फका संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको संस्थापक शेयर मात्र एकीकृत संस्थाको कुल चुक्ता पुँजीको २.६३ प्रतिशत बिन्दुले हुने ४ लाख ५७ हजार ८ सय २१ कित्ता संस्थापक शेयर सर्वसाधारण शयेरमा परिवर्तन गरी संस्थाको शेयर संरचनामा संस्थापक र सर्वसाधारण शेयरधनीहरुको अनुपात क्रमशः ६५.५६% र ३४.४४% कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Hams Hospitals
Machhapuchhre Bank Limited