आन्तरिक समिति बनाएर एकीकृत निर्देशिका तयार पार्ने काम सुरु भइसकेको छ:ओझा

32.2K
shares
Nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले छरिएर रहेका निर्देशनहरूलाई एकीकृत स्वरूपमा ल्याउने तयारी थालेको छ । प्राधिकरणका अध्यक्ष शरद ओझाले छरिएर रहेका निर्देशनहरूलाई एकीकृत स्वरूपमा ल्याउने तयारी सुरु भएको जानकारी दिएका हुन् ।

 

 

एकीकृत रुपमा प्रकाशित गर्दा बीमकहरुलाई निर्देशनको पालना गर्न सहज हुने विश्वास उनले व्यक्त गरे । “कार्यान्वयन गर्न सहज र व्यवस्थित होस् भनेर छरिएर रहेका निर्देशनहरूलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागेका छौँ । केही नियमावलीमा परेका विषयहरू पनि निर्देशिका छन्”, उनले भने, “आन्तरिक समिति बनाएर एकीकृत निर्देशिका तयार पार्ने काम सुरु भइसकेको छ । एक–दुई महिनाभित्रै यो काम सकिन्छ ।”

 

 

यस्तै उनले बीमा क्षेत्रमा ‘अन्डरराइटिङ’ का विषयमा देखिएका समस्या समाधानमा नियामकको हस्तक्षेपकारी भूमिकाबाट मात्रै हुने नभई बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन पनि कायम राख्नुपर्नेमा जोड दिए।

 

 

कार्यक्रममा बीमा विज्ञ डा. रवीन्द्र घिमिरेले यस क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने पार्दै सूचना प्रविधिको अधिकतम प्रयोग गर्न आवश्यक रहेको धारणा राखे । बीमा क्षेत्रमा कर्मचारीको सानो गल्तीका कारण ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक संस्था, तालिम केन्द्र तथा अनुसन्धान केन्द्रसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

बीमा कम्पनीले अस्वस्थ प्रतिस्पर्धा गरेर आफ्नो हैसियतभन्दा बढीको बिमा गर्दा समस्या भएको पनि घिमिरेको भनाइ छ । यस क्षेत्रमा सम्पत्ति शुद्धीकरणका विषयलाई पनि गम्भीरता पूर्वक हेरिनुपर्ने उनले उल्लेख गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x