आज चौत १८ गते सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्
वि.सं.२०८१ चैत १७ आइतवार
shares
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सोमवार र मंगलवार भने स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुने देखिन्छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने मिहिनेत गर्दा आँटेको काम बन्नेछ। बुधवारपछि वादविवादमा परिने समय छ। आलोचकहरूले छिद्र खोतल्ने हुँदा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा दु:ख पाइनेछ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सहयोगीहरू जुट्नाले राेकिएकाे काम बन्नेछ। साथीभाइले सहयाेग जुटाउनेछन्।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा मनग्य धनलाभ हुनाले मन उत्साहित बन्नेछ। लामो समयदेखिको खाँचो टर्नेछ भने जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोमवार र मंगलवार भने खर्चिलो रहनेछ। सञ्चित धन अपुग हुनाले थप रकम जुटाउन कर्जा लिनुपर्ला। अर्थ अभावले चिताएको काममा बाधा पुग्नेछ। बुधवारदेखि रमाइलो भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। आँटले काम सम्पादन हुनेछन्। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्न सक्छ। सप्ताहान्तमा भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयाेग्य कामले समाजमा स्थापित गराउन सक्छ। एकपछि अर्को अवसर आउनाले काममा पनि उत्साह जाग्नेछ। आफन्त र साथीभाइकाे सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर लोकप्रियता हासिल गर्न सकिनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। बुधवारपछि आकस्मिक खर्च बढ्नाले अर्थअभाव देखापर्नेछ। अरूका लागि समेत खर्च गर्नुपर्ने पनि सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। तापनि खर्च गर्दा यात्रा गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा अवराेध हट्नेछन् र फाइदा हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा अस्वस्थताका बीच नयाँ जिम्मेवारी थपिन सक्छ। काममा बाधा र चुनौती देखिनेछन्। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै राजनीति र नोकरीमा प्रसिद्धि बढ्नेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानीसमेत बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर लाभ उठाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सञ्चित रकम बाहिरिनुका साथै फजुल खर्च पनि बढ्न सक्छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। तापनि अवसर पाइनेछ र सहयाेगीहरूले साथ दिनेछन्। कामकाे सन्दर्भमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। पेसा–व्यवसायमा केही उल्झन हुनेछ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनुका साथै राेकिएकाे काम गर्न सक्षम भइनेछ। मिहिनेतले फाइदा दिलाउनेछ। श्रम परे पनि आम्दानीका स्रोतहरू बढ्नेछन् र धन संग्रह हुनेछ। सप्ताहान्तमा उपलब्धि प्राप्त गर्न सफल भइनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलाे दिन रमाइलाे रहनेछ। प्रियजनसँग भेटघाट र यात्रा गर्ने अवसर जुट्न सक्छ। काम बन्नाले धनलाभ हुनेछ। साेमवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। धनमाल हराउने र ठगीमा परिने सम्भावना छ, सजग रहनुहाेला। अर्थ अभावले आँटेको काम समयमा गर्न नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा नयाँ काम गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा काम बन्नाले नाम, दाम र इनाम हातपार्न सकिनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले अवसर दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर पनि प्राप्त हुनेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारपछि पेसा–व्यवसाय र स्वास्थ्यमा केही समस्या आउने सम्भावना छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। परिस्थितिवश चिताएको काम रोकिनेछ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम मात्र हुनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा आँट गर्न नसक्दा काम राेकिनेछ। अध्ययनमा पनि त्यति ध्यान दिन नसकिएला। स्वास्थ्य समस्याले पनि सताउन सक्छ। सोमवारदेखि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। सप्ताहान्तमा भने अरूको भरपर्दा काम बिग्रन सक्छ। स्वास्थ्यका लागि विश्राम र खानपानमा ध्यान दिनुहोला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बुधवारपछि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सप्ताहान्तमा रमाइलाे यात्राका बीच मानसम्मान प्राप्त हुनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। तर सोमवारदेखि पारिवारिक असमझदारी बढ्न सक्छ। अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन भारी हुनेछ। तापनि सप्ताहान्त अनुकूल देखिन्छ। मिहिनेत गर्दा पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। स्रोत–साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
साता उतारचढावमय रहनेछ। अध्ययनमा समय दिन नसकिएला। पहिलेको सम्झौताले समस्या निम्त्याउने देखिन्छ। कुरा लगाउनेहरूबाट सजग रहनुहाेला। सोमवार र मंगलवार स्थितिमा सुधार आउनुका साथै चिताएका काम गर्न सफल भइनेछ। सहयोगीहरूले मनग्य फाइदा दिलाउनेछन्। मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा पुग्न सक्छ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले मात्र उपलब्धि जाेगाउन सफल भइनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा रमाइलाे भेटघाट भए पनि व्यावहारिक कमजाेरीले परिस्थिति असहज हुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। दाेष देखाउनेहरूले काम बिगार्न सक्छन्। अवसर देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । बुधवारपछि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सप्ताहान्तमा विगतका कमजोरी बाहिर आउनाले समस्यामा परिने सम्भावना छ, सजग रहनुहाेला।


























