नेप्से २७ सय अंकमाथि उक्लियो

1.2K
shares
Shine resunga department bank

काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेको हो ।सो वृद्धिपछि नेप्से २७०० मा कायम भएको छ । अघिल्लो दिन बजार १६ अंक घटेको थियो । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो ।

 

कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्दा यो सेक्टरमा उच्च वृद्धि देखिएको हो ।बैंकिङ ०.५१, विकास बैंक ०.३०, फाइनान्स ३.१२, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य ०.३५ प्रतिशत बढे । उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशत घटे ।

 

सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ६.७९, न्यादी हाइड्रोपावरको ६.४२ प्रतिशत मूल्य बढ्यो ।

 

बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बलेफी हाइड्रोपावरको ४.८ प्रतिशत घट्यो ।यस दिन धेरै कारोबार भएका कम्पनीमा सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

Sharestha treating