शहरी विकास मन्त्रालयका करार कर्मचारीको रोजीरोटी बचाउन प्रधानमन्त्री समक्ष गुहार 

2.5K
shares

 

काठमाडौं । शहरी विकास मन्त्रालयमा बर्षौदेखि करारमा काम गरिरहेका कर्मचारीहरु रोजीरोटी बचाई माग्दै प्रधानमन्त्री गुहार्न पुगेका छन् । उनीहरुले सामुहिकरुपमा पत्र लेखेर प्रधानमन्त्री गुहारेका हुन् । उपप्रधान एवम् शहरी विकास मन्त्रीको सचिवालयको दवावमा करारका कर्मचारीलाई त्रास र डर देखाएको उनीहरुको आरोप छ । यस अघि छ महिने करार सम्झौता हुने गरेकोमा अहिले थोरै समयका लागि करार सम्झौता गर्न उपप्रधानमन्त्रीले दवाव दिएको निवेदनमा उल्लेख गरिएको छ । काम गरिरहेका मानिसलाई हटाएर आफ्ना कार्यकर्ता भर्ति गर्न खोजेको उनीहरुले आशंका गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रलाई वोधार्थ दिईएको पत्रमा आफ्नो रोजीरोटी जोगाईदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

उपप्रधानमन्त्रीको सचिवलायले अहिले सहरी विकास मन्त्रालयमा दादागिरी देखाईरहेको छ । करार कर्मचारीलाई अनेक वहान वनाएर धम्क्याउने र थर्काउने गर्दै आगामी करार नथप्ने बताउन थालेको एक करारका कर्मचारीले बताए ।

 

 

सहरी विकास मन्त्रालयको सचिवालयले ३२ जना करारका कर्मचारीहरुलाई हटाउने भन्दै मानसिक तनाव दिएको छ । भनिरहेको छ । यसले कर्मचारीहरु आतंकित बनेका छन् । त्यसको असर सफाईमा पनि परेको छ । साउन १ गतेदेखि माघ मसान्तसम्म करार अवधि पाएका कर्मचारीले माघदेखि चैत्र मसान्तसम्मको करार अवधि सम्झौता पाएका छन् । यस अघि छ महिनाको अवधि राखेर सम्झौता गरिने चलन थियो तर, अहिले तीन महिने सम्झौता पत्र थमाईएको छ ।

 

बर्षौसम्म काम गरेका कर्मचारीहरु अहिलेको मन्त्री आएपछि त्राहीत्राहीमा बस्नु परेको प्रतिकृया दिन थालेका छन् । आफ्ना मान्छे भर्ती गर्नका लागि उनीहरुले यो योजना बनाएका हुन् । त्यसोत केही करारका कर्मचारीलाई थमौती गर्ने भए रकम दिनुपर्ने माग पनि आएको पीडितहरुको भनाई छ । ती कर्मचारीका अनुसार करारका कर्मचारीहरुको रोजिरोटि खोस्न मन्त्री नै लागि परेका छन् । अरु कति धेरै कामहरु छन् तर, मन्त्री र उनको सचिवालय करार कर्मचारीको वारेमा बहश गरेर दिन काटिरहेका छन् ।

 

कर्मचारीत्रासमा भएपछि फोहोर व्यवस्थापनको काममा पनि समस्या परेको छ ।अहिले सिंहदरबार भित्र फोहोर फाल्ने ठाउँ जस्तै भएको छ ।

civil hospital
Hams Hospitals