शिक्षकको आन्दोलनमा कर्मचारी युनियनको ऐक्यवद्धता

वि.सं.२०८१ चैत २६ मंगलवार
shares

काठमाडौं। नेपाल निजामती कर्मचारी युनियनले शिक्षक महासङघको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।
कार्यक्रममा सम्बोधन गर्दै युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेलले ऐक्यवद्धता हुन।
शिक्षकहरुको जायज माग पुरा गर्न उनले सरकारलाई आग्रह पनि गरे ।
प्रेस विज्ञप्ति
(शिक्षक तथा कर्मचारी आन्दोलनमा ऐक्यबद्धता)
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक,२०८० संसदमा विचाराधीन रहेको छ ।
नेपाल सरकार र शिक्षक महासङ्घका बिच भएको पूर्व सहमति कार्यान्वयन नगरिएको तथा ऐन जारी गर्न ढिलाई गरिएको भन्दै आफ्ना माग सम्बोधन गरी यथाशीघ्र ऐन जारी गर्न दवाव दिनका लागि शिक्षक महासङ्घको अगुवाइमा २०८१ चैत्र २० गतेदेखि भइरहेका आन्दोलनकाकार्यक्रमप्रति नेपाल निजामती कर्मचारी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
यो आन्दोलन शिक्षक तथा कर्मचारीका पेशागत हित कायम गर्न तथा देशका शैक्षिक क्षेत्रका समस्या समाधान गर्न सार्थक हुने अपेक्षासहित आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता एवम् सर्मथन जाहेर गर्दछौं ।
शिक्षा नागरिकको आर्थिक, सामाजिक, मानवीयलगायत सर्वाङ्गीण विकासका आधार हो । शिक्षा क्षेत्रको समूचित व्यवस्थापनविना समृद्धि, सुशासन र समुन्नत राज्य निर्माणको उद्देश्य हासिल गर्न कठिनहुन्छ ।
शैक्षिक क्षेत्रको सुधारका लागि सरकार आफै अग्रसर हुनुपर्नेमा शिक्षकहरू नै आन्दोलनमा जानुपर्ने बाध्ययात्मक अवस्था आउनु सामान्य विषय होइन् । तसर्थ मुलुकको शैक्षिक क्षेत्रको सुधार, शिक्षकहरूले भोग्नु परिरहेका समस्या समाधान, वृत्ति विकास र ट्रेड युनियन अधिकारको पुनर्बहालीलगायत शिक्षक महासङ्घले उठाएका विषयलाई समयमा नै यथोचित सम्बोधन गरी समस्या समाधान गर्न नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछौँ ।
यसका साथै संघीय निजामती सेवा ऐनको अभावमा नेपालको निजामती प्रशासन पनि अन्योलताको अवस्थाबाट गुज्रिरहेकोले तीनै तहमा कार्यरत कर्मचारीहरूको भावनाअनुरूप नेपाल निजामती कर्मचारी युनियनले उठाउँदै आएका विषयहरू सम्बोधन हुने गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्न जोडदारमाग गर्दछौँ ।
हामीले उठाउँदै आएका मागहरूलाई वेवास्ता गरिएमा विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने भएकाले यसबाट उत्पन्न हुने परिस्थितिको आकलन गरी आन्दोलनको अवस्था सिर्जना हुन नदिन नेपाल सरकारसँग अपिल गर्दछौँ ।