आन्दोलनरत शिक्षकहरुले सडकमै मनाए नयाँवर्ष

450
shares
Shine resunga department bank

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनकै शिलशिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् ।

 

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन् ।

 

नेपाल शिक्षक महासंघले यसपालीका नयाँ वर्ष सडकमा नै मनाउने गरी सर्कुलर गरेको थियो । आन्दोलनमा आएका शिक्षकहरुले प्रदेश स्तरीय अलग अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन् ।

 

नयाँ वर्ष आरम्भको पहिलो दिन पनि आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन सडक अवरुद्ध गरेरै महासंघले आन्दोलन जारी राखेको हो ।

 

Sharestha treating