गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा, गभर्नर बन्ने पक्का
वि.सं.२०८२ वैशाख ५ शुक्रवार
shares
काठमाडाैं । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।
सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधबार गभर्नरकाे नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टकाे नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका थिए ।
अब बस्ने मन्त्रिपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन्। आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि संस्थागत अनुभवी उनी राजनीतिक ‘खेल’ बाट टाढै रहेका व्यक्ति हुन्। आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि संस्थागत अनुभवी उनी राजनीतिक ‘खेल’ बाट टाढै रहेका व्यक्ति हुन्।
भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएपछि गभर्नर पद खाली छ।
































