बिचौलियाको सेटिङ्गका कर्मचारीले भक्तपुर मालपोत भसक्कै
वि.सं.२०८२ वैशाख १० बुधवार
shares
काठमाडौं । एउटा कर्मचारीलाई एउटै प्रकृतिको कार्यालयमा सकेसम्म लगातार नपाठाउने नीति नै छ । तर, बिवादित हुने र अवैध आम्दानी हुने कार्यालयमा एउटै प्रकृतिको कार्यालयमा पटक पटक कर्मचारीको सरुवा भईरहनु भनेका त्यहाँ अनियमति काम हुन्छ भनेर यकिन गर्न सकिन्छ । ललितपुरमा रहेको मालपोत कार्यालयमा अनियमितता गरेको कारण स्थानीय बाट खेदिएर तीन महिनासम्म कार्यालय जानै नसक्नै एक कर्मचारीलाई पुनः भक्तपुरको मालपोत कार्यालयमा पठाएर भ्रष्टाचारलाई प्राथमिकता दिईएको छ । यसरी ललितपुरका जनताबाट खेदिए पनि भक्तपुरको मालदार अड्डा पाउने शक्तिशाली नायव सुब्बा हुन्, डम्बर कार्की ।
हुनत भूमिसुधार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले मात्र मालपोतमा कर्मचारी पठाउन सक्दैन । त्यसका लागि खतरानक बिचौलिया प्रमोद खड्काको लिष्टमा परेमात्र मालपोत कार्यालयमा जान पाईन्छ । खड्का मार्फत भेटी चढाएपछि मात्र मालपोत जान पाईन्छ भन्दै खड्काको बाटो हेर्ने भूमिसुधारका खरदार र सुब्बा मन्त्रालय अगाडिको पिपलको बोट मुनी खुवै भेटिन्छन् । हुन पनि बिचौलिया प्रमोद खड्काको लिष्ट परेर एकमुष्ट दाम चढाएपछि मात्र आफूले चाहेको कार्यालय जान पाईन्छ । खड्काले सामान्य प्रशासन र भूमिमन्त्रालयको तारतम्य मिलाईरहेका हुन्छन् ।
अदृश्य शक्तिले मालपोतका कर्मचारीहरुको सरुवा बढुवा गर्ने कथा यस अघि पनि सिंहदरवारन्यूजले प्रकाशन गरिसकेको छ ।
डम्बर कार्की लतिलपुर बाट खेदिएपछि भक्तपुर मालपोतको मुद्दा फाँटको ‘ख’ सेक्सनमा बस्छन् । उनको काम भनेको सार्वजनिक जग्गा र समस्यामा परेको जमिन खोज्ने मात्र हो ।
माओवादी कर्मचारी संगठनमा आस्था राखेपनि अहिले पनि उनकै हालिमुहाली चल्ने गरेको छ । कार्यालयमा हालिमुहाली चलाउन कार्कीले सवैलाई आर्थिक प्रलोभनमा पारेको कर्मचारीहरु नै बताउँछन् । माथिदेखि तलसम्म सेटिङ्ग गरेर कार्कीले अकुत कमाईसकेका छन् ।
ललितपुरमा रहँदा व्यक्तिगत पैसा उठाएको आरोपमा उनलाई रंगेहात भेटेर स्थानीयले खेदाएका थिए । खेदाईपछि तीन महिनासम्म उनी तलवमात्र खाएर हिँडेको भूमिसुधार मन्त्रालयका एक सुब्बाले सिंहदरवारन्यूजसँग बताए । तीन महिनासम्म फिल्ड हेरेर अबैध काम भेटेपछि कार्की रकम कवोल गरेर भक्तपुर जानलाई आफूलाई भेट्न आएको बिचौलिया खड्काले मदिरापानको समयमा भनेको भूमिसुधार मन्त्रालयको प्रागंणमा चर्चा छ ।
कृष्ण सापकोटा डिजीले रकम उठाउन लगाएको भनेर रकम संलन गर्दा ललितपुरमा कार्की फेला परेका थिए ।





























