अशोक शेरचनको छोरीले बनाएको चलचित्रमा प्रभु बैंक प्रायोजक ? 

5.1K
shares

 

 

प्रभु बैंकका सिईओ अशोक शेरचन र कलाकार प्रकाश सपुत केही समय अघि एउटै सार्वजनिक मञ्चमा भाषण गर्न पुगे । प्रमुख अतिथि पूर्वराष्ट्रपति बिद्या भण्डारी रहेको सो कार्यक्रममा बिशेष अतिथि थिए,प्रधानमन्त्री केपी ओली । सो कार्यक्रममा शेरचन र सपुतले अशोभनीय रुपमा ओलीको प्रशंसा गरिरहेका थिए ।

सो दृष्य केपी ओलीलाई पनि चित्त नबुझेर होला पटक पटक उठेर हिड्न खोजिरहेका थिए । कार्यक्रम समापन नै नहुँदै ओली भाषण नै नगरी हिड्नुले पनि ओलीलाई यो बिषय पाच्य नभईरहेको छनक देखिन्थ्यो । यही कार्यक्रममा भाषण गरेर प्रधानमन्त्री ओलीको अनावश्यक बखान गरेपछि प्रकाश सपुतको फिल्म नै सुपर फ्लप भएको सपुतले नै स्वीकार गरेका छन् ।

यो दृष्यले शेरचन र सपुतको सम्वन्ध कसिलो बनाउने काममा एमाले र प्रधानमन्त्रीको चाकडी पनि जोडिएको स्पष्ट देखिन्छ ।प्रभु बैंक र प्रकाश सपुतका बारे रहस्य के होला भन्ने प्रश्न पनि धेरै उठेको छ ।नेपालको बैंकिङ क्षेत्र प्रायः सुरक्षित, पारदर्शी र व्यावसायिक हुने अपेक्षा गरिन्छ । तर, पछिल्लो समय प्रभु बैंक र प्रकाश सपुत बीचको सम्बन्धले धेरैको चासो बढाएको छ । किनभने, प्रकाश सपुतका प्रायः हरेक ठूला कार्यक्रम तथा प्रोजेक्टमा प्रभु बैंकले प्रायोजन गरिरहेको छ ।

यो सहयोग केवल कलाकार र सांगीतिक क्षेत्रमा लगानी गर्नकै लागि हो कि कुनै विशेष स्वार्थ लुकेको छ रु यदि प्रभु बैंकले नेपाली कला, संस्कृति, संगीत र चलचित्रको प्रवद्र्धन गर्न चाहेको हो भने, नेपालमा अरू पनि धेरै प्रतिभाशाली कलाकारहरू छन् । तिनीहरूलाई किन यति ठूलो समर्थन दिइएको छैन रु

बैंकको प्रमुख लगानी किन प्रकाश सपुतकै प्रोजेक्टमा हुन्छ रु नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायिक हित र संस्थागत छविको लागि विभिन्न क्षेत्रमा लगानी गर्छन् । तर, प्रभु बैंकले प्रकाश सपुतकै प्रोजेक्टहरूमा मात्र निरन्तर लगानी गर्नु संयोग मात्र हो त रुविशेषगरी, हालै रिलिज भएको चलचित्र “बसन्त” मा प्रभु बैंक मुख्य प्रायोजक बनेको छ ।

 

यो फिल्मकी कार्यकारी निर्मात्री नाना थकाली हुन्, जो प्रभु बैंकका सीईओको छोरी भएको बताइन्छ । अब यहाँ प्रश्न उठ्छ ।बैंककै लगानीमा सीईओकी छोरीको नाम मात्र राखिएको हो, कि वास्तवमै नानाले लगानी गरेकी हुन् रु बैंकको आर्थिक लगानी पारदर्शी छ कि छैन रुकिन हरेक ठूला प्रोजेक्टमा प्रकाश सपुत र प्रभु बैंकको साझेदारी देखिन्छ रुकति करोड लगानी गरियो भन्ने पारदर्शीता छैन ।

बैंकका भित्री स्रोतहरूका अनुसार, प्रकाश सपुतले प्रभु बैंकबाट करोडौँ रुपैयाँको सहयोग पाइसकेका छन्। बैंकको लगानी निर्णय वित्तीय आधारमा भन्दा पनि व्यक्तिगत सम्बन्धका कारण प्रभावित भइरहेको त होइनरु यदि बैंकले कुनै कलाकारलाई मात्र प्राथमिकता दिने नीति बनाउँछ भने, यसले पारदर्शिता र व्यावसायिकताको प्रश्न उठ्न सक्छ। प्रभु बैंकले यसबारे स्पष्ट पार्न जरुरी छ कि– संगीत र कलालाई नै प्रवद्र्धन गर्ने नीति हो कि विशेष सम्बन्धका कारण प्रकाश सपुतलाई मात्र सहयोग गरिएको होनेपालको बैंकिङ नियमन निकाय, राष्ट्र बैंक, तथा सरोकारवालाहरूले यसबारे ध्यान दिन जरुरी छ कि कतै कुनै लेनदेन अस्वाभाविक रूपमा प्रभावित भएको त छैनरु प्रकाश सपुत एक सफल गायक तथा कलाकार हुन्, जसको प्रस्तुति रुचाइन्छ।

तर, एउटै बैंकले बारम्बार एउटै कलाकारलाई मात्रै प्राथमिकता दिनु, र सोही बैंकका सीईओको परिवारका सदस्य निर्मात्री हुनु, संयोग मात्र हो कि यसभित्र गहिरो सम्बन्ध लुकेको छरु बैंकिङ प्रणालीमा पारदर्शिता रहनु जरुरी छ। प्रभु बैंकले आफ्नो लगानी नीति खुला रूपमा स्पष्ट नगर्ने हो भने, यो विवाद अझै चुलिन सक्छ। अब हेरौं, बैंकले यसबारे के स्पष्टीकरण दिन्छ।

शेरचन निकट रहेकी कर्मचारी रश्मी पन्तलाई बैंक प्रवेश गरेदेखि आजसम्म ९ बर्षमा १० पटक बढुवा गरिसकेका छन् तर एकपटक पनि सरुवा गरेका छैनन्। शेरचनले उनै पन्तलाई बैंकका अतिमहत्वपूर्ण जिम्मेवारी सुम्पेका छन् बैंकका सिनियर कर्मचारीले समेत उनलाई ब्रिफिङ गर्नुपर्ने हुन्छ।

शेरचनले बैंकबाट हुने सम्पूर्ण खर्चको जिम्मेवारीसहित प्रशासनिक कार्यको नेतृत्व पन्तलाई सुम्पेका छन् । स्टेसनरी खरिद, विज्ञापन एजेन्सी सञ्चालन, कर्मचारी सरुवा बढुवामा समेत पन्तको ठाडो आदेश चल्छ । पन्तले छपाई, मसलन्द, स्टेशनरी र विज्ञापन प्रशारणका लागि निकट व्यक्तिको नाममा आफ्नै कम्पनी संचालन गरी व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

शेरचनसँगको निकटसम्बन्ध भएकै कारण उनी जुनियर कर्मचारी भएपनि डेपुटी सिइओको हैसियतमा उनले सम्पूर्ण कार्यहरु गर्ने गरेकी छिन् । पन्तकै निर्देशनमा डेपुटी सिइओले समेत निरिह भएर काम गर्नुपरेको छ । यतिमात्र नभई शेरचनले नियुक्त गरेका संचालक समितिसमेत उनीहरुको मनोमानी टुलुटुलु हेर्दै बसेका छन् । राष्ट्र बैंक समेत उनीहरुको व्यक्तिगत मामला भन्दै पन्छिने गरेको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

रोकिएन प्रभु बैंकको बिकृति,शेरचन र पन्तले यसरी डुबाउदै छन् बैंक

civil hospital
Hams Hospitals