दुई वाणिज्य बैंकका सीइओ हटाउने राष्ट्र बैंकको तयारी, के हुन्छ शेरचनको हकमा ?

5.1K
shares
national life insurances
Nabil bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत( सीइओ) अशोक शमशेर राणा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डे लाई हटाउने तयारी गरेको छ।

 

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३को प्रावधान विपरित २ कार्यालय भन्दाढी सार्वजनिक संस्थाको सीइओ पदमा रहि आएकाले यी दुवै बैंकका सीईओहरुलाइ राष्ट्र बैंकले हटाउन लागेको हो। तर सोही प्रावधान विपरित २ कार्यकाल भन्दा बढी समय पदमा पदमा रहिआएका प्रभु बैक लिमिटेडका सीइओ अशोक शेरचनले भने उच्च अदालत पाटनको फैसला बिरुद्धमा गएर आदलतलाई समेत प्रभावमा पारी अन्तरिम ल्याएर पुन: अर्को कार्यकाल पनि सीईओको कुर्सी ओगटेर बसेका छन्।

 

शेरचनले आन्तरिम ल्याएर पदमा बसिसकेपछि सीइओ पाण्डे र राणाले भने नेपाल राष्ट्र बैंक समक्ष पत्र पठाएर राष्ट्र बैँकसँग स्पष्टता माग गरेका छन् । यदि राष्ट्र बैंकको जवाफ वाफियाकै प्रावधान अनुरुप गर्नुपर्ने भन्ने आएको खण्डमा यी दुई बैँकका सिईओले आफ्नो पद अर्कोलाई हस्तान्तरण गरेर बाहिरीने तयारीमा छन् । तर अब राष्ट्र बैंकले शेरचन लगायतको पद जोगाउनकै निमित्त नियमको अपब्याख्या गरिदियो भने यी दुई सीइओ समेत अझै पदमा रहन सक्नेछन्।

 

तर राष्ट्र बैंक स्रोतका अनुसार सोहि पत्रको जवाफमा बैंकले यी दुई सीइओ २ कार्यकाल भन्दा बढी पदमा बस्न नमिल्ने निष्कर्ष निकाल्दै हटाउने तयारी गरिरहेको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited