सिहंदरवारको गेटैबाट किन फर्किए शिक्षकहरू

28.2K
shares
Nabil bank

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग वार्ता गर्न सिंहदरबार पुगेको शिक्षक महासंघका नेताहरु गेटबाटै फर्किएका छन्।

 

सरकारसँग वार्ता गर्नको लागि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केकाे हाे ।

 

वार्ताकाे लागि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली आफूहरुले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केकाे ध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

 

‘आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष सुवेदीले भने ।

 

मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंह सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि आजको वार्ता भाँडिएका बताए ।

 

उनले भने,’ वार्ताको लागि त सरकारले लिस्ट बनाउने हाेइन नि हामी काे काे वार्तामा आउन चाहन्छाै‌ं त्यही अनुसार बनाउँछाै‌ं । त्यही भएर महासंघकाे अध्यक्षज्यूले आपत्ति जनाएर गेटबाट फर्किनुभएकाे हाे ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x