नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कोषाध्यक्ष कार्की सम्मानित

1.5K
shares

 

काठमाडौ ।लामो समयदेखि पत्रकारितामा लागेर समाजलाइ योगदान दिएवापत नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ्ग काठमाडौं सम्पर्क मञ्चले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कोषाध्यक्ष रामचन्द्र कार्कीलाई सम्मान गरेको छ।

 

काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेँलले कार्की लगायतलाई सम्मान गरेका हुन ।

सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा कोषाध्यक्ष कार्कीलाई सम्मान गरिएको सस्थाका अध्यक्ष कमल थापा मगरले बताए।

सन्चारको क्षेत्र बाट समाज र मानवजातीको हितमा गरेको योगदानलाई कदर गरेर कार्कीलाई सम्मान गरिएको आयोजकको भनाई छ ।

धादिङ जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आफ्नो र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा उक्त सम्मान गरेको थियो । सम्मानपत्रमा भनिएको छ-”

 

यहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा महत्वपूर्ण योगदान पुर्याउनु हुनेछ भन्ने विश्वास लिएका छौँ।”

civil hospital
Hams Hospitals