शिक्षक महासंघ र मन्त्री रघुजी पन्तबीच वार्ता सुरू

15.5K
shares
Nabil bank

काठमाडौं । शिक्षक महासंघ र मन्त्री रघुजी पन्तबीच वार्ता सुरू भएको छ ।

 

मन्त्रिपरिषद् बैठक सकिनासाथ मन्त्री र महासंघबीच वार्ता थालिएको हो । अहिले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलिन परिचालन समितिका संयोजक नानुमाया पराजुलीसहितका शिक्षक नेता वार्तामा छन् ।

 

वार्ता बस्नुअघि महासंघका पदाधिकारी रणनीतिका लागि आन्तरिक बैठकमा जुटेका थिए । शिक्षा ऐन जारीको ग्यारेन्टीसहित आफ्ना मागप्रति सरकारको प्रतिक्रियाको आधारमा आन्दोलनको स्वरूप परिवर्तन हुनसक्ने महासंघका एक पदाधिकारीले बताए ।

 

 

 

 

केहीबेरअघि मात्र प्रवक्ता पीएस गुरुङले आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेको बताएका थिए ।

 

क्याविनेटबाट निस्किँदै उनले भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुने सञ्चारकर्मीलाई आश्वस्त पारे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x