सहमति नभई गुणाकर भट्टले राजीनामा दिएपछि गर्भनर नियुक्ति झन् पेचिलो, सिफारिस समितिको बैठक स्थगित

3.3K
shares
Shine resunga department bank

 

काठमाडौँ।राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ ।

 

रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा स्थगित भएको हो । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि एक सदस्य पद रिक्त भएको थियो । भट्टराई आफू गर्भनर हुँदा सिफारिस समितिमा दोस्रो नम्वरमा भएपनि कायममुकायम भएकै कारण गर्भनर भएका थिए । सोही नजीर बिपरित दवाव आउन थालेपछि भट्टराईले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।

 

 

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन भएको थियो । जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा अधिकारीलाई सदस्य बनाइएको छ ।

 

सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ ।

 

गुणाकर भट्टलाई बनाउने सहमति भएको हल्लाबीच उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । घट्टलाई गर्भनर बनाउने सहमति कतै सार्वजनिक भएको छैन ।

 

 

 

पछिल्लो समय गभर्नरको दौडमा कायममुकायम गभर्नर डाक्टर नीलम ढुंगाना, गुणाकर भट्टलगायतक छन् ।

everest Bank
Sharestha treating