नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ९ पैसा
वि.सं.२०८२ वैशाख २२ सोमवार
shares
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ जस अनुसार कम्पनीको खुद नाफा ८०.०८ प्रतिशतले घटेको छ।
यस अवधिमा कम्पनीले ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले करीब साढे ५ करोड रुपैयाँ मात्र खुद बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीको कुल खर्च १४६.२९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवसम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको यसै अवधिसम्म साढे ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको यस वर्ष ६ सय प्रतिशतभन्दा बढी खुद बीमाशुल्क कमाएको हो। कम्पनीको प्रतिशेयर आम्दानी पनि ५२ पैसाले घटेर ९ पैसामा झरेको छ।











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










