Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूर्वानुमान

1.8K
shares

टोकियो । जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक वर्ष सन् २०२५ मा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (लगभग २१.६ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरेको छ। कम्पनीका अनुसार यस गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो।

 

 

टोयोटाले चालु आर्थिक वर्षमा (२०२५ मार्चसम्म) ४८.५ ट्रिलियन येनको रेकर्ड बिक्री हुने अपेक्षा राखेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो। यद्यपि, सञ्चालन नाफा भने २०.८ प्रतिशतले घटेर ३.८ ट्रिलियन येन हुने बताइएको छ।

 

 

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४.७७ ट्रिलियन येन नाफा कमाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कम हो। सोही अवधिमा बिक्री ६.५ प्रतिशतले बढेर ४८.०४ ट्रिलियन येन पुगेको थियो।

 

 

टोयोटाका अध्यक्ष तथा सीईओ कोजी सातोले अमेरिकी भन्सारको असर अप्रिल र मे २०२५ मा झण्डै १८० अर्ब येनको नाफामा घाटा हुने अनुमान गरिएको बताए । उनले थपे, “भन्सारको विवरण अझै पूर्ण रूपमा स्पष्ट नभएकाले भविष्यको पूर्वानुमान गर्न कठिन भइरहेको छ।”

 

टोयोटाले हाल जापानबाट वार्षिक करिब ५ लाख गाडी अमेरिका निर्यात गर्छ। सातोले भन्नुभयो, “छोटो अवधिमा हामी ढुवानीको मार्ग समायोजन गर्दैछौं भने दीर्घकालमा स्थानीय बजारलाई ध्यानमा राखी उत्पादनको स्थानीय विकास गर्ने योजनामा छौं।”

 

येनको मूल्यवृद्धिले पनि कम्पनीको नाफामा ठूलो असर पार्ने अपेक्षा गरिएको छ। यो परिवर्तनले कम्पनीको सञ्चालन नाफामा ७४५ अर्ब येनको कमी ल्याउनेछ।

civil hospital
Hams Hospitals