दरबन्दी भन्दा धेरै कर्मचारी पठाएर त्रिभुवन विमानस्थलमा  ब्रह्मलुट 

3.8K
shares

 

काठमाडौँ ।प्रधानमन्त्री केपी ओलीले सुशासनका लागि आफ्नै संयोजकत्वमा सुशासन आयोग नै गठन गरेपनि उनी मातहतका गृहमन्त्रालय अन्तर्गतका कार्यालयमा भएका बेथितिले उनैलाई गिज्याइ रहेको छ  । त्रिभुवन बिनानस्थल कार्यालय आसपासमा सरुवा भएर जाने कर्मचारीको अवस्था हेर्ने हो भने सदाचार भन्दा पनि भ्रष्टाचारले सीमा नाघेको देखिन्छ । गृहमन्त्रालय अन्तर्गत विमानस्थलको अध्यागमन कार्यालय जाने अधिकृतहरू नै त्यहाँ दरबन्दी भन्दा धेरै छन् । प्रधानमन्त्रीको प्रदेश कोशी र गृहमन्त्रीको प्रदेश सुदूरपश्चिमका कर्मचारीहरूको भीड त्यहाँ भेट्न सकिन्छ । प्राप्त जानकारीअनुसार त्यहाँ अधिकृत हुनु पर्ने भन्दा दोब्बर छन् । अन्य पदका कर्मचारी पनि दरबन्दी भन्दा धेरै छन् ।

त्यसोत सरकारवादी युनियनको हानाथाप कर्मचारी त्यहाँ पठाउँदा आवश्यक भन्दा धेरै कर्मचारीको हाजिरी हुन्छ । हाजिरी गरेर सेटिङ् मिलाउनकै लागि त्यहाँ जाने गरेका कर्मचारी धेरै छन् । कतिपय कर्मचारीहरू दोहोर्‍याएर पनि जाने गरेका छन् । त्रिभुवन विमानस्थल कमाउ क्षेत्र  र घुस खाने क्षेत्र नै हो भन्ने मानक कर्मचारीवृत्तमा छ । अन्यत्र रहेका कर्मचारी गृह मन्त्रालय सरुवा भएर कमाउनकै लागि विमानस्थल जान लाइन लागेका हुन्छन् ।

 

एक भुक्तभोगीका अनुसार त्यहाँ पुगेपछि एकजना अधिकृतले वर्षमा दुईदेखि तीन करोड रुपैयाँ अतिरिक्त आम्दानी गर्न सक्छ । त्यसको लागि सरुवा भएर जाने बेलामा नै मनग्ये बुझाउनु पर्ने हुन्छ । अझ उपसचिवस्तरको कर्मचारीले एक वर्ष विमानस्थल बस्न पायो भने अधिकृत भन्दा दोब्बर कमाउने गरेका ती भुक्तभोगीले बताए । विमानस्थल महानिर्देशकको कमाई त अचाक्ली हुने गरेको छ । त्यसोत लगानी नगरी त्यहाँ जानै मुश्किल हुन्छ । यस पटक त्यहाँ जाने शाखा अधिकृतले पाँच लाखको दरमा प्रिपेड बुझाएका थिए ।  र, पछि पनि किस्ता किस्तामा त्यहाँ पुगेपछि बुझाउन पर्ने छ ।

 

बिचौलियादेखि प्रधानमन्त्री कार्यालय,गृहमन्त्री,गृहसचिवदेखि युनियनका नेतासम्मलाई सेटिङ् मिलाएपछि विमानस्थलको अध्यागमन कार्यालयमा जान पाइने नियम नै छ । अभिलेख अनुसार हालका उपसचिव खेमराज उपाध्याय दोस्रोपटक त्यहाँ पुग्ने कर्मचारी हुन् । नायब सुब्बा लक्ष्मी भुसाल पनि त्यहाँ मस्ती मार्ने नाम हो । उनको तीन पटक विमानस्थलमा सरुवा भएको अभिलेख देखिन्छ । अतिरिक्त कमाई हुने हुँदा यहाँ जान लोकतन्त्रको नाम लिएर जय नेपालको नारा लाउनेदेखि लालसलाम भन्ने कर्मचारी पनि हानाथापमा गर्छन् । काँग्रेसको नाम भजाएर घुस खाने कर्मचारी मध्येकी शाखा अधिकृत दुर्गा थापाले पनि विमानस्थलमा नोट छापिरहेकी छिन् ।

 

 

यी महिला कर्मचारी विमानस्थलमा दोस्रोपटक सरुवा भएर गएको अभिलेखमा देखिन्छ । थापाको सम्पत्ति कति छ भन्ने अहिलेसम्म लेखाजोखा नै गर्न नसकिएको उनका एक आफन्तले बताए ।

 

 

गणेशविक्रम शाह शाखा अधिकृतको रुपमा विमानस्थल अध्यागमन कार्यालयमा छन् । अतिरिक्त कमाईमा कारवाहीमा पनि परेका शाह अहिले सेटिङमै विमानस्थल पुगेका छन् ।   त्यस्तै भोज ऐडी शाखा अधिकृत ३ पटक र रवीन्द्र ठगुन्ना, शाखा अधिकृत ३ पटक विमानस्थल अध्यागमन कार्यालय पुगेका छन् ।

 

शाखा अधिकृत भोज ऐडी तीनपटकसम्म त्यहाँ बसिसकेका छन्। उनी तीनपटकसम्म त्यसठाउमा जानुले पनि शका उत्पन्न हुन्छ ।

 

त्यस्तै अर्का शाखा अधिकृत रवीन्द्र ठगुन्ना पनि तीनपटकसम्म त्यहाँ पुगेका छन ।

 

पछिल्लो पटक रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गएका फणिन्द्र पौडेल पनि अवधि नै नपुगी मन्त्रालय आएर विमानस्थलमै पुगेका छन् । गृहसचिव गोकर्णमणि दुवाडीको सेटिङमै दरबन्दी भन्दा धेरै कर्मचारीको बनेर उनी विमानस्थल पुगेका हुन् ।

civil hospital
Hams Hospitals