विकास हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो, क-कसले दिन पाउछन आवेदन ?

2.6K
shares

 

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आज जेठ ६ गतेबाट पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो ।

 

 

नेपाल धितोपत्र बोर्डबाट विकास हाइड्रोपावरले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

 

 

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्काशनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका बिक्री खुला गरेको हो ।

 

 

कम्पनीले स्थानीयलाई बिक्री खुला गरेको ९ लाख ९ हजार १०१ कित्तामध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।

 

यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ ।

 

यता, कम्पनीले सर्वसाधारणमा निष्काशन हुने शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

स्थानीयले यस कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नदिए असार ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

 

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसमा स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बंैकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

civil hospital
Hams Hospitals