धादिङ्गका प्रकाश रिजालद्वारा ७,१२६ मिटर अग्लो हिमलुङ हिमाल सफल आरोहण

3K
shares

धादिङ।धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २, सिम्ले निवासी २४ वर्षीय प्रकाश रिजालले ७,१२६ मिटर अग्लो हिमलुङ हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको छ। उहाँले आफ्नो यो अद्वितीय सफलता सन् २०२५ मे महिनामा प्राप्त गर्नुभएको हो।

 

हिमलुङ हिमाल नेपालको मनाङ जिल्लामा अवस्थित एक दुर्गम र चुनौतीपूर्ण हिमाल हो, जुन नेपाल सरकारद्वारा आरोहणका लागि खुला गरिएका हिमालमध्ये एक हो। प्रकाशले यस हिमालमा सफल आरोहण गर्दै आफ्नो साहस, अनुशासन र संकल्पको उच्च उदाहरण प्रस्तुत गर्नुभएको छ।

 

स्थानीय समुदाय तथा जिल्ला भरिबाट उहाँको यस सफलतापूर्वक प्रयासप्रति बधाई तथा गर्व प्रकट गरिएको छ। उहाँको यो सफलताले धादिङ्ग जिल्लाको नाम उच्च बनाएको छ र स्थानीय युवाहरूमाझ प्रेरणाको स्रोत बनेको छ।

 

प्रकाश रिजालले यसअघि पनि विभिन्न पदयात्रा तथा पर्वतारोहणमा सहभागिता जनाउँदै आइरहनुभएको थियो। हिमलुङ हिमालको सफल आरोहणले उहाँलाई आगामी दिनमा अझै जटिल हिमशिखरहरू आरोहण गर्न हौसला मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

civil hospital
Hams Hospitals