नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरहरूको जिम्मेवारी हेरफेर
वि.सं.२०८२ जेठ ९ शुक्रवार
shares
काठमाडौँ।नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर निलम ढुङ्गाना र बमबहादुर मिश्रबीच विभागीय जिम्मेवारीको नयाँ बाँडफाँट गरिएको छ। गभर्नर विश्वनाथ पौडेलले पदभार सम्हालेपछि दुबै डेपुटी गभर्नरबीच कार्य विभाजन गरेका हुन्।
नयाँ कार्य विभाजनअनुसार, निलम ढुङ्गानाले निम्न विभागहरूको नेतृत्व गर्नेछिन्:
बैंक तथा वित्तीय संस्था नियमन विभाग
गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग
लघुवित्त सुपरिवेक्षण विभाग
विदेशी विनिमय व्यवस्थापन विभाग
मुद्रा व्यवस्थापन विभाग
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
सूचना प्रविधि विभाग
प्रदेश कार्यालयहरू
त्यस्तै, डेपुटी गभर्नर बमबहादुर मिश्रले निम्न विभागहरूको जिम्मेवारी पाएका छन्:
बैंक सुपरिवेक्षण विभाग
वित्तीय संस्था सुपरिवेक्षण विभाग
आर्थिक अनुसन्धान विभाग
मौद्रिक व्यवस्थापन विभाग
भुक्तानी प्रणाली विभाग
बैङ्किङ विभाग
मानव संसाधन व्यवस्थापन विभाग
वित्त व्यवस्थापन विभाग
गभर्नरको कार्यालय भने गभर्नर पौडेलमार्फत प्रत्यक्ष रूपमा सञ्चालन हुने व्यवस्था यथावत् रहेको छ।
पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएपछि निलम ढुङ्गाना कार्यवाहक गभर्नर बनेकी थिइन्। त्यस क्रममा सबै विभागहरूको जिम्मेवारी मिश्रलाई दिइएको थियो। तर, पौडेल गभर्नरमा नियुक्त भएपछि ढुङ्गाना पुनः डेपुटी गभर्नरको भूमिकामा फर्किएकी हुन् र त्यसपछि कार्यको नयाँ बाँडफाँट गरिएको हो।




























