जापानमा पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

28.4K
shares
Nabil bank

 

 

काठमाडौं। जापानमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि खुसीको खबर छ। राजधानीको बागबजारस्थित इन्लाइटन इन्टरनेसनल एजुकेशनले ‘जापान बुटक्याम्प ७.०’ को आयोजना गर्ने घोषणा गरेको छ।

 

कार्यक्रम जेठ २३ गते (बिहीबार) बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म इन्लाइटन परिसरमै हुनेछ। प्लस टु, स्नातक (ब्याचलर) वा स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिँदैछ यो विशेष बुटक्याम्पले जापानमा शिक्षा तथा भविष्य निर्माण गर्न चाहने युवाहरूलाई प्रत्यक्ष मार्गदर्शन गर्नेछ।

 

बुटक्याम्पमा JLPT, NAT, JPT, JLCT र J-CERT जस्ता प्रमुख जापानी भाषा परीक्षाको तयारी विधि, सफलताको रणनीति, समय व्यवस्थापन र आवश्यक अध्ययन सामग्रीबारे जानकारी दिइनेछ। साथै, जापानका स्कुल, कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू समेत सहभागी हुने कार्यक्रमबाट विद्यार्थीहरूले विश्वविद्यालय भर्ना प्रक्रिया, रोजगारी तथा स्किल भिसा प्रणालीबारे प्रत्यक्ष बुझ्न पाउनेछन्।

 

कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूका लागि सिनेमा टिकट र आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

 

करिब १५ वर्षदेखि नेपाली विद्यार्थीलाई विदेशमा अध्ययनको सपना साकार गराउँदै आएको इन्लाइटन इन्टरनेसनल एजुकेशन विद्यार्थी र अभिभावकमाझ विश्‍वासिलो नाम बनेको छ। सहज भिसा प्रक्रिया, योग्य परामर्शदाता र समयानुकूल मार्गदर्शनका कारण यसले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।

 

जापानमा आफ्नो भविष्य देख्ने जो कोही विद्यार्थीका लागि यो बुटक्याम्प एक उत्कृष्ट अवसर हुनसक्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x