नेपालको रोमाञ्चक जित

29K
shares
Nabil bank

 

काठमाडौँ।नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।

 

स्कटल्याण्डको फोर्थहिल मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालले ५० ओभरमा स्कटल्याण्डलाई ७ विकेटमा २९६ रनमा रोक्यो। जवाफी इनिङ्समा नेपालले अन्तिम ओभरको अन्तिम बलमा वाइडको मद्दतले लक्ष्य पूरा गर्दै ९ विकेटको रोमाञ्चक जित दर्ता गर्‍यो।

 

नेपालका लागि तल्लोक्रमका ब्याटर करण केसी नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रन बनाए। ओपनर कुशल भुर्तेलले ११ चौकासहित ५३ रन, गुलशन झाले ४२ रन, भीम सार्कीले ४० रन, र कप्तान रोहित पौडेलले ३७ रन जोडे।

 

नेपालले पहिलो विकेटका लागि कुशल र आसिफ शेखबीच ७२ रनको साझेदारी प्राप्त गर्‍यो। स्कटल्याण्डका ब्रेण्डन मक्कमुलनले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले समान २/२ विकेट लिए।

 

यसअघि, टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डका लागि चार्ल्स टेयर्सले सर्वाधिक ८० रन बनाए। उनले १२ चौका र १ छक्का प्रहार गरे। अन्य प्रमुख योगदान फेन्ली म्याक्रिथ (५५), रिची बेरिङ्टन (४०), र म्याथ्यु क्रस (३९) ले गरे।

 

नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २/२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।

 

यो जितसँगै नेपालले १३ खेलमा ८ अंक बनाउँदै लिग तालिकाको सातौं स्थानमा रह्यो। स्कटल्याण्ड १७ खेलमा २० अंकसहित चौथो स्थानमा छ।

 

विश्वकप लिग टु प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप छनोटसँग सम्बन्धित छ। लिगको अन्त्यमा शीर्ष चार टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने अन्तिम चार टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।

 

यस त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्याण्डसँगै नेदरल्याण्ड्सको पनि सहभागिता छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x