त्रिकोणात्मक टी–२० सिरिज: नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

18.6K
shares
Nabil bank

काठमाडौं।स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सुरु हुनेछ।

 

नेपाल र स्कटल्याण्डबीच टी–२० आई अन्तर्राष्ट्रिय मान्यतापछि यो पहिलो भिडन्त हो। यसअघि सन् २०१३ मा भएको टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। त्यसपछिको दशकभर यी दुई टोलीबीच टी–२० अन्तर्राष्ट्रिय खेल भएको छैन।

 

शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग रोमाञ्चक प्रतिस्पर्धापछि तेस्रो सुपर ओभरमा पराजित भएको थियो। सो खेलसँगै नेपालले आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल पूरा गरेको हो।

 

उता, स्कटल्याण्डले श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

 

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ, जहाँ नेपाल पहिलो जितको खोजीमा रहनेछ भने स्कटल्याण्ड आफ्नो विजय यात्रा कायम राख्न चाहनेछ।

 

त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन्। सिरिजले नेपाली क्रिकेटको प्रदर्शन र तयारीमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x