विद्यार्थी ठग्ने विद्यालयलाई ताकेता

17.5K
shares
Nabil bank

 

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका २८ निजी विद्यालयको १० बुँदे विवरण उपलब्ध गराउन ताकेता गरेको छ । यसका लागि काठमाडौ महानगरपालिकासहित उपत्यकाका ७ स्थानीय तहलाई पत्राचार गरेको छ ।

 

विद्यालयले विभिन्न शुल्कका नाममा बदमासी गरिरहेको, महँगो शुल्क लिइरहेको र राज्यको कानूनी दायरामा नआएको विभागको भनाइ छ ।
विभागले २८ वटै विद्यालयमा स्थलगत अनुगमन तथा निरीक्षणपछि १० बुँदे विवरण उपलब्ध गराउन विद्यालय रहेको स्थानीय तहलाई पत्राचार गरेको हो ।

विभागले काठमाडौं महानगरपालिकासहित उपत्यकाका ३ जिल्लाका ७ पालिकाभित्रका अनुगमन गरिएका २८ निजी विद्यालयलाई १० बुँदे विवरण उपलब्ध गराउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको हो ।

 

ती विद्यालयमा अनुगमनपछि ३ दिनभित्र प्रमाणसहित विभागमा हाजिर हुन निर्देशन दिइएको थियो । तोकिएको ३ दिनभित्र विद्यालयका प्रतिनिधि प्रमाणसहित विभागमा हाजिर भइसकेपछि थप अध्ययन गर्न विभागले सम्बन्धित पालिकालाई २ चरणमा १० बुँदे विवरण उपलब्ध गराउन पत्राचार गरिएको बिभागले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

 

विभागले पत्राचार गरेका २८ निजी विद्यालयमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका १७, दोस्रोमा ललितपुरका १० र भक्तपुरको एउटा छ ।

 

जसमा काठमाडौं जिल्लाअन्तर्गत काठमाडौं महानगरपालिकाका १३, टोखा नगरपालिकाका दुई, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका एक-एक विद्यालय छन् ।

 

ललितपुरको ललितपुर महानगरपालिकाका ८ र महालक्ष्मी नगरपालिकाका २ विद्यालय छन् । यस्तै भक्तपुरको भक्तपुर नगरपालिकाको एउटा विद्यालय रहेको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x