राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
वि.सं.२०८२ असार ३० सोमवार
1.8K
shares
shares
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रूपन्देहीका डाक्टर खगराज शर्मा आचार्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीको सचिवालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।
डाक्टर खगराज सहकारी क्षेत्रमा लामो समयदेखि काम गर्दै अनुभवी हुन् ।




























