दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने

1.8K
shares

काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ ।

 

 

दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उसका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ।

 

 

एचआरडी कोरियाले वेबसाइटमार्फत् यसबारे जनाएको हो। कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने अझै खुलाइएको छैन। दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ।

 

 

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ ।

दक्षिण कोरिया नेपाली युवाहरूका लागि आकर्षक र सुरक्षित वैदेशिक रोजगार गन्तव्य मानिन्छ। नेपालबाट इपिएस प्रणालीमार्फत उत्पादनमूलक क्षेत्र, कृषि, र पानीजहाज निर्माण जस्ता क्षेत्रमा श्रमिकहरू जाने गरेका छन्। पछिल्ला वर्षहरूमा वार्षिक करिब १० हजार नेपाली युवा यही ईपीएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया पुग्ने गरेका छन्।

civil hospital
Hams Hospitals