डिशहोम र लेक साइड रिट्रिटबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा पाउने
वि.सं.२०८२ साउन २६ सोमवार
shares
काठमाडाैं । डिशहोमले पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित)सँग नयाँ साझेदारी घोषणा गरेको छ । साझेदारी अनुसार डिशहोमका सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटकाे सुविधा प्रदान गर्ने भएको हाे ।
यस साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले लेक साइड रिट्रिटका आवासमा १५ प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउनेछन् ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ । ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र लेक साइड रिट्रिट पोखराका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन् ।
पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आइएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,
दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्ने,
होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्ने,
लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिन्छ ।
यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा हो ।



























