लक्ष्मी सनराइज बैंकको नाफामा ४०.९८% वृद्धि, ४ अर्ब ११ करोड कमाइ
वि.सं.२०८२ साउन २९ बिहीवार
shares
काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा ४०.९८ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार नाफा वृद्ध भएको हो ।
गत वर्ष बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो। गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज घटेकाे छ भने सञ्चालन मुनाफा वृद्धि भएको छ । जसले नाफामा प्रभाव पारेको हो ।
खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड र इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ३ अर्ब ५८ करोडबाट घटेर १ अर्ब १८ करोड रहेको छ । सञ्चालन आम्दानी भने ३८.५५ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ ।
यस अवधिमा वितरणयोय मुनाफा ३ अर्ब ५३ लाख, वितरणयोग्य प्रति शेयर आम्दानी १२.३४ रुपैयाँ, प्रति शेयर आम्दानी १६.९१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १८६.६३ रुपैयाँ र खराब कर्जा ४.२५ प्रतिशत रहेको छ।
२४ अर्ब ३४ करोड रुपैयाँ पूँजी रहेको बैंकको रिजर्भमा १८ अर्ब ८ करोड रहेको छ। बैंकले गत वर्ष ३ खर्ब ६७ अर्ब निक्षेप संकलन र २ खर्ब ७५ अर्ब कर्जा लगानी गरेको छ।





























