नेपाल लाइफको नाफा १७.३७% बढ्दै ६०.३२ करोड पुग्यो

1.3K
shares

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

 

यस अवधिमा कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ४७ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १८.८४ प्रतिशतले बढि हो अघिल्लो आवमा कम्पनीले ४० अर्ब ११ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

९ अर्ब दुई करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजि रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ संचिती छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ।

civil hospital
Hams Hospitals