एन आई सी एशिया लघुवित्तमा नयाँ सञ्चालक नियुक्त
वि.सं.२०८२ भदौ १५ आइतवार
shares
काठमाडौं।एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा सुमन थपलिया र विकास खरेल नियुक्त भएका छन्।
संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार उहाँहरूलाई संस्थापक समूहका प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरी पठाइएको थियो। सोही निर्णयलाई संस्थाले मिति २०८२ भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकमार्फत अनुमोदन गर्दै वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरेको हो।
यसअघि यस पदमा श्री लक्ष्मण चालिसे र श्री दिपक ढकाल संस्थापक बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए।
नव नियुक्त सञ्चालकहरूले अध्यक्ष श्री प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी पदबहाल गरेका छन्। करिब १५ र १६ वर्षदेखि बैंकिङ क्षेत्रमा अनुभव संगाल्दै आएका थपलिया र खरेल हाल एन आई सी एशिया बैंक लिमिटेडमा महत्वपूर्ण पदमा कार्यरत छन्।
संस्थाले विज्ञप्तिमार्फत नयाँ सञ्चालकहरूको अनुभव र दक्षताले संस्थालाई अझ सबल र सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।




























