लुम्बिनी लाभाजलाई केएल दुगड ग्रुपको मुख्य प्रायोजन
वि.सं.२०८२ भदौ १७ मंगलवार
1K
shares
shares
काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिग का लागि केएल दुगड ग्रुप सँग मुख्य प्रायोजन सम्झौता गरेको छ।
सम्झौताअनुसार दुगड ग्रुपको ज्ञान ब्रान्ड अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा मुख्य प्रायोजकका रूपमा रहनेछ।
सम्झौता कार्यक्रममा दुगड ग्रुपकी कार्यकारी निर्देशक भावीका दुगडले महिला खेलाडीहरूको प्रतिभा र सशक्तीकरणका लागि सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताइन्।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू समेटेर बलियो टिम तयार गरेको छ। व्यवस्थापनले दुगड ग्रुपको साथले खेलाडीको मनोबल बढ्ने र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने कार्यक्रम छ।




























