लोकसेवा तयारी कक्षा अब निजामती कर्मचारीले पनि पढाउन पाउने
वि.सं.२०८२ भदौ १७ मंगलवार
shares
काठमाडौं । निजामती सेवाका कर्मचारीले लोक सेवा आयोगको तयारी कक्षा पढाउन नपाउने व्यवस्था उल्टिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा दफाबार छलफलका क्रममा आयोगको कक्षा कर्मचारीले पढाउन नपाउने व्यवस्था पारित गरिएको थियो ।
तर, केही कर्मचारीको दवाव तथा प्रभावमा परेर समितिले अन्तिम रुपमा दिने समयमा विधेयकमा निजामती कर्मचारीले लोक सेवा आयोगको तयारी कक्षा पढाउन पाउने व्यवस्था गरेको हो ।
कर्मचारीले लोक सेवा आयोगका कक्षा पढाउनमा व्यस्त भएकाले सरकारी कामलाई प्राथमिकता नदिएकाले प्रभाव परिरहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थ, सहसचिव मिरा आचार्यले लोक सेवा आयोग सरकारी निकायमा भन्दा बाहिर पढाउन नपाउने पर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसपछि समितिले उक्त निर्णयमा सहमति जनाउँदै सर्वसम्मत पारित गरेको थियो ।


























