अष्ट्रेलियाका विस्फोटक ब्याटसम्यान क्रिस लिन एनपीएल खेल्ने

19K
shares
Nabil bank

 

 

काठमाडौं । अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन् । लिन सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् । आधिकारिक घोषणा नगरेपनि सुदूरपश्चिमले बुधबार एक पोष्ट गर्दै अष्ट्रेलियाका खेलाडी भित्राएको र छिट्टै औपचारिक घोषणा गर्ने उल्लेख गरेको छ ।

 

 खेलाडीको नाम उल्लेख नगरेको भएपनि सुदूरपश्चिमले सार्बजनिक गरेको पोष्टमा उल्लेख गरिएका आँकडा र तस्वीर विश्लेषण गर्दा लिननै भएको स्पष्ट भएको छ ।३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् ।

 

बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ । दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x