एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ पुन: नियुक्त

1.1K
shares

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा सुदेश खालिङ पुन: नियुक्त भएका छन् । बैंकको पहिलो नेपाली सीईओको रुपमा खालिङ सीईओ नियुक्त भएका खालिङलाई बैंक सञ्चालक समितिले थप ४ वर्षको लागी पुन: नियुक्ति गरेको हो ।

 

 

खालिङसँग साढे तीन दशक लामो बैंकिङ्ग अनुभव छ । पन्जाब नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा खालिङ सीईओ हुनुअघि भारतीय नागरिकहरु नै सीईओ बन्दै आएका थिए ।

 

 

खालिङ लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि काम गरिसकेका छन् भने । उनी बैंकको सञ्चालकको भूमिका पनि निर्वाह गरिसकेका छन् । उनले सिटिजन्स बैंकको सञ्चालकको भूमिकामा समेत रहेर अनुभव बटुलेका छन् ।

 

 

स्थापनाको साढे २ दशकपछि पहिलोपटक एभरेष्ट बैंकले नेपालका खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । खालिङ सिईओमा नियुक्त हुनुअघि एभरेष्ट बैंकमा भारतीय नागरिकमात्रै सीईओ हुँदै आएका थिए ।

 

एभरेष्ट बैंकमा भारतको पञ्जाब नेसनल बैंकको २० प्रतिशत हिस्सा रहेको छ।

 

civil hospital
Hams Hospitals