Banner ad for NADA AUTO SHOW -2026

राष्ट्र बैंकको आग्रह : अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा निरन्तर गर्न निर्देशन

1.3K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ ।

 

 

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आग्रह गरेको हो ।

 

 

राष्ट्र बैंकले अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

 

 

साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन अनुरोध गरेको छ । नेपाली सेनाले आजदेखि बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत खुला गरेको छ ।

 

 

जेनजी आन्दोलनमा आन्दोलनकारीहरूले बैंक तथा वित्तीय क्षेत्रमा तोडफोड तथा आगजनी गरेका थिए।

civil hospital
Hams Hospitals