भायानेटको डाटा सेन्टरमा क्षति, इन्टरनेट सेवा आंशिक रूपमा सुचारु

2.1K
shares

काठमाडौँ ।भायानेट कम्युनिकेशनको मुख्य डाटा सेन्टरमा आगलागीबाट क्षति भएपछि अवरुद्ध भएको इन्टरनेट सेवा क्रमशः सुचारु हुँदै गएको कम्पनीले जनाएको छ।

भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेंट्रल बिजनेस पार्कस्थित चौथो तलामा रहेको डाटा सेन्टर जलेको थियो। यस कारण देशभर इन्टरनेट र viaTV सेवा ठप्प भएको थियो।

कम्पनीका अनुसार ब्याकअप डाटा सेन्टरमार्फत केही ग्राहकलाई इन्टरनेट चलाइए पनि संरचना गम्भीर रूपमा क्षति पुगेकाले धेरै ग्राहक प्रभावित भए। सेना र प्रहरीले आगो नियन्त्रणमा लिएपछि मात्र भायानेटको प्राविधिक टोली डाटा सेन्टरभित्र पस्न सकेको र जोखिम मोलेर सर्भर सुरक्षित बाहिर ल्याइएको जनाएको छ।

हाल अधिकांश ग्राहकलाई इन्टरनेट सुविधा उपलब्ध भएको र आजै बेलुकासम्म पूर्ण क्षमतामा ल्याउने लक्ष्य राखिएको भायानेटले जानकारी दिएको छ। viaTV सेवा पनि चाँडै पुनः सुचारु गरिने बताइएको छ।

भायानेटले सेवामा अवरोधका कारण ग्राहकले भोग्नुपरेको असुविधाप्रति माफी माग्दै भविष्यमा नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ।

civil hospital
Hams Hospitals