Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एसिया कप सुपर फोरमा आज भारत–पाकिस्तान भिड्दै

1.3K
shares

काठमाडौं ।  एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ ।

 

यो खेल आइतबार राति ८स्१५ बजे यूएईमा सुरु हुँदैछ।

 

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।

 

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

 

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्।

 

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।

 

civil hospital
Hams Hospitals