Banner ad for NADA AUTO SHOW -2026

नेप्सेमा ऐतिहासिक उछाल, ११६ अंकले वृद्धि हुँदै २,६२७ अंकमा

1.8K
shares

काठमाडौं ।आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा ठूलो उछाल आएको छ। नेप्से परिसूचक २,६२७.९३ अंकमा पुग्दै ११६.०१ अंकले वृद्धि भएको हो। यस दिनको कारोबारमा सूचक ४.६१ प्रतिशतले बढेको देखिएको छ।

 

नेप्सेमा जम्मा ९ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने कुल २ करोड ३२ हजार २२४ कित्ता सेयर खरिद–बिक्री भएको छ।

 

कारोबारमा सहभागी सूचीकृत कम्पनीमध्ये २२४ कम्पनीको मूल्य बढेको, २८ कम्पनीको मूल्य घटेको र कुनै पनि कम्पनी स्थिर नरहेको तथ्याङ्कले देखाएको छ।

civil hospital
Hams Hospitals