मन्त्री महावीरको तीन क्षेत्रमा काम सुरु
वि.सं.२०८२ असोज ७ मंगलवार
shares
काठमाडौँ ।आज शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा तुरुन्त काम गर्नका लागि केही योजना अघि बढाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा सो कुराको जानकारी दिएका हुन् ।
नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षा बाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने निर्देशन दिएका छन् ।
केहि विश्वविद्यालय परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएको उनले बताए । समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरी दिने उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकालेको उनले उदाहरण दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय कृतिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रूखहरू नकाट्ने ) सफा गरी सुन्दर बगैँचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने उनले प्रक्रिया सुरु गरेको जनाएका छन् ।




























