जेन जीको नाममा कर्मचारी भित्र पनि अवसरवादीको चुरीफुरी 

3.2K
shares

काठमाडौँ । जेन जी आन्दोलनका वास्तविक अभियन्ता छायामा पारिँदै गएका छन् भन्ने गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनका नाममा केही समूह र व्यक्तिले मात्र लाभ उठाएको भन्दै आलोचना यत्रतत्र छ ।

 

हालै सुदन गुरुङले आन्दोलनको नेतृत्व ‘हाई ज्याक’ गरेको आरोप लागेका बेला गणेश घिमिरेको नाम पनि चर्चामा आएको छ । उनी नेपाल सरकारका अधिकृत हुन् । छोटो समयमा अकुत आर्जन गरेका घिमिरे विगतमा एमाले कर्मचारी सङ्गठनका विवादित एक नेताका सहयोगीको रूपमा थिए । नेताकै सहयोगमा विभिन्न अवैध आर्जनमा लागेको उनलाई आरोप छ ।

 

 

लामो समय श्रम मन्त्रालय अन्तर्गत बसेर अकुत कमाएको र खुम्बुपासाङल्यामु गाउँपालिकामा बसेर अकुत आर्जन गरेको उनलाई आरोप छ । तर उनी एकाएक प्रधानसेनापति र व्यवसायी दुर्गा प्रसाईँसँग खिचिएको तस्बिरका आधारमा जेन जी पुस्ताको प्रतिनिधि दाबी गर्दै अघि बढेका छन् । मुख्यसचिव एकनारायण अर्यालविरुद्ध खनिएका घिमिरेको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निकट बढाउँदै लगेको छ । तर,घिमिरेप्रति प्रधानमन्त्री वा मन्त्री तहबाट कुनै विश्वास नदेखिएको र उनी असल नेतृत्वका मान्यता नपाएको आम बुझाई छ ।

 

 

घिमिरेले भने सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ गठन गरेर आफू संयोजक बनेर गतिविधि गरिरहेका छन् । सो समूहले बुधवार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने तय गरेको छ ।

 

 

वास्तवमा विगतदेखि स्वतन्त्र आवाज उठाउँदै आएका अभियन्ता, पटक–पटक प्रहरी नियन्त्रणमा परी आन्दोलन गरेका, दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्न माग गर्दै सडकदेखि अदालतसम्म पुगेका, चक्रीय सरुवा प्रणाली र निजामती ऐन सुधारका लागि सङ्घर्ष गरेका, समायोजन सच्याउनुपर्ने भन्दै लगातार लडिरहेका समूह भने पछाडि पारिएका छन् भन्ने असन्तोष पनि बढेको छ ।

 

 

आन्दोलनमा आफ्नो योगदानभन्दा बढी अवसर खोज्ने प्रवृत्ति देखिएको भन्दै सर्वसाधारण कर्मचारीले टिप्पणी गरेका छन् । घिमिरेसँगै केही सहसचिव र उपसचिव पनि अवसरको पछि दौडिएका छन् ।  उनीहरू प्राय काँग्रेस,एमाले,माओवादी र समाजवादी पार्टीका सामान्य प्रशासन मन्त्रीको पालामा हालीमुहाली गर्ने कर्मचारीहरू हुन् ।

 

उनीहरूलाई कर्मचारीबिच ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै अवसरवादी संज्ञा दिइएको छ ।यसरी वास्तविक जेन जी पुस्ताको मुद्दा भन्दा पनि नेतृत्व कब्जा गर्ने र व्यक्तिगत लाभ लिने खेल भइरहेको धेरैको बुझाई छ ।ट्रेड युनियनको साठगाँठमा जोडिएको अवसरबादि कर्मचारी हुन् घिमिरे ।

Hams Hospitals