नेपालले वेष्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

1.7K
shares

काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो ।

 

नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे ।

 

 

ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए । सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए ।

 

कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए ।

 

बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २(२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।

civil hospital
Hams Hospitals