राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लिखित परीक्षामा ३६८ जना उत्तीर्ण
वि.सं.२०८२ असोज २५ शनिवार
shares
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत साउन १९, २० र २१ गते भएको लिखित परीक्षाको नतिजा आयोगले शनिबार सार्वजनिक गरेको हो ।
आयोगले प्रशासन, लेखापरीक्षण, संघीय संसद सेवा, सामान्य प्रशासनतर्फका लेखा तथा राजस्व समूहमा खुला तथा समावेशीतर्फ गरेका विज्ञापनमा ३०३ पदका लागि भएको विज्ञापनमा ३ हजार २११ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा खुला तथा समावेशीतर्फ र दुबैतर्फ गरेर ३६८ जना उत्तीर्ण भएका छन् ।
जसमा खुलतर्फ १११ पदका लागि १५७ जना, महिलातर्फ ३१ पदका लागि ६८ जना, आदिवासी जनजातितर्फ २३ पदका लागि ४९, मधेशीतर्फ २१ पदका लागि ४८, दलितर्फत १० पदका लागि १७, अपांगतर्फ ४ पदका लागि ९ र पिछडिएको क्षेत्रतर्फ ३ पदका लागि २० जनाले लिखित परीक्षामा उत्तीर्ण भएका हुन् ।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारले अब आयोगले लिने सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्तामा उत्तीर्ण भएपछि अन्तिम उम्मेदवार नियुक्तिका लागि सिफारिस हुनेछन् ।
लिखित परीक्षामा ७३ जना महिला उत्तीर्ण हुँदा २० जना महिला खुलासहित समावेशी समूहतर्फ उत्तीर्ण भएका छन् । यदि खुलातर्फका उत्तीर्ण भएका महिला अन्तिम परीक्षामा पनि खुलातर्फ नै सिफारिस भएको अवस्थामा महिलातर्फ ३१ पद सुरक्षित भइसकेकाले थप २० खुलातर्फ उत्तीर्ण भएमा ५१ जनासम्म महिला उत्तीर्ण हुने सम्भावना देखिएको छ ।

































