बिचौलियाको कब्जामा भूमि व्यवस्था तथा अभिलेख विभाग

6.9K
shares
Nabil bank

 

काठमाडौं ।भूमि व्यवस्था तथा अभिलेख विभाग बिचौलियाको प्रभावमा परेको आरोप लागेको छ । विभागका निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यमाथि कर्मचारी प्रशासन शाखा दादागिरीपूर्ण ढंगले कब्जा गरेको र कार्यालयभित्र गुण्डाशैली देखाएको आरोप छ ।

 

स्रोतका अनुसार, आचार्यलाई यस्तो हिम्मत र आड दिने व्यक्ति बिचौलिया प्रमोद खड्का हुन् । खड्काको ‘लैलै’ मा परेर आचार्यले विभागभित्र आफ्नो प्रभाव विस्तार गरेको र निर्णय प्रक्रियामा हस्तक्षेप गर्दै आएको बताइन्छ ।

 

डिजी  विदेश गएका बेला आचार्यलाई विभागको निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो । सोही अवसरको फाइदा उठाउँदै उनले विभागीय महानिर्देशक (डिजी) कर्मचारी प्रशासन शाखा नै कब्जा गरेर बसेका छन् उक्त शाखाको  नामपाटी हटाई आफ्नै नाम राखेको र आफू नै डिजी सर भएकोजस्तो व्यवहार गरेको आरोप समेत छ । नभएको बेला उस्तो गलत काम गरेको त्यस कार्यालयका एक कर्मचारीले बताए ।

 

तर डिजीले भने शुक्रबारसम्मका लागि मात्र बिदा स्वीकृत गराएर विदेश भ्रमणमा रहेको पाइएको छ ।लामो समयदेखि मालपोत कार्यालयमा कार्यरत आचार्यले सेवाकालमा उल्लेख्य सम्पत्ति आर्जन गरेको र बिचौलिया प्रमोद खड्काको साथ र आडमा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको आरोप गरिएको छ ।

 

उक्त विषयमा आचार्यलाई सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । उल्टो, डिजी विदेश गएदेखि मन्त्रालयमा बारम्बार पुगेर ‘सेटिङ मिलाउने’ प्रयास गर्दै आएको विभागका कर्मचारीहरूले बताएका छन् ।

 

देशभर जेनजी आन्दोलन चलेको बेला पनि विभागका कर्मचारीहरूले दादागिरी र घमण्ड नछोडेको देखिँदा, अब आन्दोलनको लहर कर्मचारी प्रशासनतिरै मोडिने हो कि भन्ने चिन्ता बढेको छ । विभागभित्र पनि आचार्यको व्यवहार र सम्बन्ध राम्रो नरहेको स्रोतको दाबी छ ।

 

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited