skip this Bajaj motar bike

सिईओमाथि कार्यालयको छाप दुरुपयोग, नक्कली चलानी किताब खडा गर्ने र अनाधिकृत शेयर बिक्रीको आरोप

4.2K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारीले संघले प्रमुख कार्यकारी अधिकृत घुडामणी चापागाई र सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्यालको नियुक्ति तथा काम कारवाहीका सम्बन्धमा छानबिन गर्न अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेको छ । संघले छानबिन गरी पाउँ भन्दै शुक्रबार अर्थमन्त्रायलाई पत्र पठाएको हाे ।

 

 

नेप्से प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको विवादित निर्णय पहिले भएको मन्त्रिपरिषदको निर्णयलाई उल्टाएर नियुक्ति लिएको, छनोट प्रकृयामै मिलेमतो भएको, योग्यता र अनुभव नपुगेको संघले अर्थमन्त्रालयलाई लेखेको पत्रका उल्लेख छ ।

 

 

पत्रमा लेखिएको छ ‘सिईओले दोस्रो बजारका जल्दाबल्दा समस्या समाधान गर्न नसकेको, कार्यालयको मुख्य चलानी किताब प्रयोग नगरी नक्कली चलानी किताब खडा गरी कार्यालयको लेटर प्याड र छापको दुरुपयोग गरेको, बिहान सबेरै र राती लुकीलुकी हाजिर गरेको कार्यालय समयमा अनुपस्थित भएको, प्रि आईपिओको नाम दिई सर्वसाधारणलाई अनाधिकृत रूपमा शेयर विक्रि गर्ने कार्य गरेकोले छानबिन गर्न आग्रह गरेका छौ ।’

 

 

यस्तै, “बस्याल एन्ड कम्पनी“ नामको निजी कम्पनी चलाएको व्यक्ति नेप्सेको अध्यक्ष हुन पाउने कि नपाउने भन्ने विषयमा पनि छानबिन हुनुपर्ने संघले जनाएको छ । नेप्सेसँग बस्याल एन्ड कम्पनीको पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा स्वार्थ बाझिने गरी नेप्सेको अध्यक्ष पदमा बस्यालले नियुक्ति लिएको, नेप्से पुर्नसंरचनालाई असफल बनाउन विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लगातार तथ्यहिन भ्रमपूर्ण अभिव्यक्ति दिदै स्वार्थी व्यापारिक समूहको निर्देशन अनुसार परिचालित भएको र संगठनको अभिन्न अंगको रुपमा रहेका कर्मचारीहरुलाई धम्काउने, कार्यवातावण बिथोल्ने, कर्मचारी विरोधी गतिविधि गरेको पत्रमा लेखिएको छ ।

 

नेप्सेका कर्मचारीले अध्यक्ष र सिईओका राजीनामा माग गर्दै करिब एक महिना देखि आन्दोलनमा उत्रिएका छन् । तर, नेप्सेको काम कारवाहीमा भने कुनै बाधा नपरेको संघले जनाएको छ ।

civil hospital
Hams Hospitals