नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य

22.4K
shares
Nabil bank

काठमाडौं ।आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ।

 

टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई ५० ओभरमा ६ विकेटमै रोक्न सक्यो। अमेरिकाले २ सय ६२ रन बनाएको हो।

 

सुरुमा अमेरिकाको खेल मध्यम रह्यो। पहिलो १० ओभरमा १ विकेटको नोक्सानीमा ३२ रन मात्रै बने। सोमपाल कामीले पहिलो विकेट लिए — उनले आन्द्रीएस गाउसलाई ११ रनमा आउट गरे।

 

त्यसपछि कप्तान मोनांक पटेल १० रनमा आरिफ शेखको बलमा एलबिडब्लु आउट भए। दुई विकेट गुमाउँदा अमेरिकाको स्कोर ४५ रन मात्र थियो।

 

तर ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको साझेदारी गर्दै टोलीलाई उकासे। स्मितले ७५ रनको उत्कृष्ट पारी खेले भने साइतेजाले ४२ रन बनाए।

 

अन्तिमतिर मिलिन्द कुमारले जोरदार ब्याटिङ गर्दै ५० बलमा ७० अविजित रन जोड्दा अमेरिका २ सय ६२ रनसम्म पुग्यो। हर्मित सिंह १६ रनमा अविजित रहे।

 

नेपालका बलरहरू मध्ये सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।

 

यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण छ, किनभने नेपाल लिग–२ को अंक तालिकामा १२ अंकसहित सातौं स्थानमा छ। अमेरिका भने २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x