श्री एयरलाइन्सको विमानमा इन्जिन फेल, भैरहवामा आकस्मिक अवतरण — सबै यात्रु सुरक्षित

1.4K
shares
national life insurances
Nabil bank

रुपन्देही ।धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएर आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार २ बच्चासहित ८२ जना यात्रु लिएर धनगढीबाट काठमाडौंका लागि उडेको सो विमानमा हाइड्रोलिक समस्या आएपछि अकस्मात १२ बजे भैरहवामा अवतरण गराइएको थियो ।

 

 

‘पाइलटबाट हाइड्रलिक समस्या भएको जानकारी आएको छ, तत्काल रेस्कु गरेर सबै यात्रुलाई सुरक्षित अवतरण गराइएको छ, अर्को जहाजबाट काठमाडौं पठाउने तयारीमा छौं, केही समय आन्तरिक उडानमा पनि समस्या भयो तर अहिले त्यो विमानलाई साइड लगाएर सामान्य अवस्थामा संचालन भइसकेको छ’ उनले भने ।

श्री एयरलाइन्सको प्राविधिक काठमाडौंबाट आएर अब प्राविधिक जाँच गरिएपछि मात्रै त्यसको अवस्थाबारे जानकारी हुने उनले बताए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited