आज कार्तिक २३ गते आइतबारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्
वि.सं.२०८२ कात्तिक २३ आइतवार
shares
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ अवसर मिल्नाले आत्मबलमा वृद्धि हुनेछ। छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ। महत्वकांक्षी कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्मान प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विषयवस्तु नबुझी कुनै कुरामा अगाडि नबढ्नुहोस्। आर्थिक पक्ष सुदृढ रहनेछ। समय अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवैबाट सहयोग मिल्नेछ। आन्तरिक सम्बन्धमा मधुरता आउनेछ। मित्रहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक वा सामाजिक कार्यमा संलग्न भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। भविष्यलाई लिएर योजना कोरिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तारिफयोग्य कामले अरुको उपकार गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयत्न गर्दा कार्य सजिलै सम्पादन हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। माननीयजनहरूको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तहरूको साथ र सहयोग पाइएला। कलात्मक वा रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आलस्यले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउला। प्रतिफल पाउनको लागि धेरै खट्टिनुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। नयाँ नोकरीको अवसर प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरूको भरमा ढुक्क नपर्नुहोस्। आशावादी बनेर लक्ष्य प्राप्तिको लागि मेहनत गर्नुहोला। विद्यार्थीहरूलाई परीक्षामा आशा अनुरूप परिणाम मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा अघि पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सेवामूलक कामबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा दौडधुप धेरै गर्नुपर्ला। अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।































