नेशनल लाइफ इन्स्योरेन्सको  चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

14.2K
shares
Nabil bank

काठमाडौँ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता विकास र सम्मानका उद्देश्यले “इलाईट लिडर्स कन्क्लेभ” भन्ने नाराका साथ तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम ललितपुरस्थित होटल रोयल ट्युलिपमा आयोजना गरिएको थियो।आर्थिक वर्ष २०८१/८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको हो।कार्यक्रमको उद्देश्य जीवन बीमा व्यवसायमा अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्नु, उनीहरूलाई थप प्रेरणा प्रदान गर्नु र उत्कृष्ट कार्यको कदर गर्नु रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा मोटिभेशनल ट्रेनर तथा पूर्वबैंकर अनिल केशरी शाहले अभिकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो।शाहले जीवनको हरेक क्षेत्रमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्न सकेमा आफ्नो पेशामा पनि सफलता हासिल गर्न सकिने बताउनुभयो।त्यसैगरी नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले अभिकर्ताहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी वित्तीय क्रियाकलाप नियन्त्रण सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो। उहाँले यस्ता अवैध क्रियाकलापले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्न सक्ने नकारात्मक प्रभाव र त्यसको रोकथामका उपायहरूबारे जानकारी दिनुभयो।

कार्यक्रमको सभापतित्व कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले गर्नुभएको थियो।उहाँले लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्न सफल सबै अभिकर्ताहरुलाई बधाई दिँदै चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुभयो र विभिन्न विधामा उत्कृष्ट घोषित अभिकर्ताहरुलाई सम्मान गर्नुभएको थियो।सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै, उनीहरूको वृत्ति विकास र सञ्जाल सुदृढीकरणलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने बताउनुभयो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरू सुदृढ र बोनस दर आकर्षक रहेको जानकारी दिनुभयो।उहाँले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन कम्पनीले थप लगानी गर्ने र दक्षता अभिवृद्धिमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई विशेष रूपमा सम्मान गरिएको थियो।


आफ्नो कोड र सञ्जालको व्यवसायमा अलग–अलग उत्कृष्ट सात जना अभिकर्तालाई सम्मान गरिएको थियो भने, नेपालभरबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ता तथा समूहगत रूपमा प्रथम हुने एक जना अभिकर्तासहित कुल सात जनालाई विशेष सम्मान प्रदान गरिएको थियो।उनीहरूलाई सम्मानपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुति समेत समावेश गरिएको थियो।सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनत र लगनको कदर भएकोमा खुशी व्यक्त गर्दै कम्पनीको साथ र विश्वासका कारण नै आफ्नो सफलताको यात्रा सम्भव भएको प्रतिक्रिया दिएका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x