प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न
वि.सं.२०८२ कात्तिक २३ आइतवार
shares
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभिन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१÷८२ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौं मा आयोजना गरिएको थियो, जहाँ बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र उच्च व्यवस्थापकहरूको उपस्थिती रहेको थियो। यस अवसरमा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरेर प्रोभिन्स क्लव हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईंले पुरस्कार विजेताहरूलाई बधाई दिंदै भने, “यो एउटा सफलता सिढि मात्र हो, अझ ठूला सफलताहरू तपाईंहरूलाई अगाडि पर्खिरहेका छन्। यस अवसरले सम्मानितहरूलाई हौसला र मार्गनिर्देशन प्रदान गर्नेछ।”
कार्यक्रमलाई अझ फलदायी बनाउन श्री योगेन्द्र प्रसाद खतिवडा र श्री रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी विशेष प्रशिक्षण पनि प्रदान गरेका थिए।
कार्यक्रम अन्तर्गत सम्मानित अभिकर्ताहरूले आफ्नो अनुभव र उपलब्धिहरू साझा गर्दै आगामी व्यवसायिक लक्ष्यतर्फ प्रेरणा प्राप्त गर्ने अवसर पाएका थिए। कार्यक्रम हर्ष उल्लास र उत्साहका साथ सम्पन्न भएको बताइएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यस कार्यक्रममार्फत उत्कृष्ट अभिकर्ताहरूको प्रेरणा र व्यवसायिक विकासमा योगदानलाई उत्सवको रूपमा मनाएको छ।





























